२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न अर्थमन्त्री प्रकाशशरण महतले निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् ।

उनले भने ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ । ’मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे ।

‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढि हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ । समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत विरजंगको दुईवटा कार्यालय मार्फत प्राप्त हुन्छ ।’ उनले भने ‘हामीले राजस्व प्राप्त गर्नको लागि सबैभन्दा ठूलो जिम्मेवारी दुईवटा कार्यालयलाई छ। वस्तु बजारमा आएको छैन भने ठिक छ तर आएर पनि राजस्व घट्यो भने हामीमाथि प्रश्न उठ्ने गर्छ । ’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com