राजनीतिमा उतारचढाव आउँछ कि भन्ने संकेत देखिएको छः पूर्णबहादुर घर्ती

काठमाडौ, २५ जेठ । राजनीतिमा उतारचढाव आउँछ कि भन्ने संकेत देखिएको नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले बताएका छन् ।आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन ।
विगतमा पनि सरकारको अर्थ विधेयकमाथिको छलफलका क्रममा यस्तो तरंग पैदा हुने गरेको र यसपटक पनि भइराखेको उनको भनाइ छ ।‘ हामीले हरेक सरकारको विधेयकहरु (अर्थ विधयक) मा छलफल गर्दा राजनीतिमा पनि उतारचढाव आउँछ कि, आउँछ कि भन्ने प्रकारले एउटा तरंग पैदा भइराखेको हुन्छ र लाग्छ यही अधिवेशनमा पनि यो कुराको संकेत हामी देखिराखेका छौं ।’