२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

पूर्वाग्रहविहीन खुल्ला बहसले पार्टीलाई थप बलियो बनाउने : रक्षामन्त्री खड्का

काठमाडौ, १३ साउन । पूर्वाग्रहमुक्त टिप्पणीले पार्टीको हित हुने रक्षा मन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै रक्षा मन्त्री खड्काले बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सिमामा राख्न नसके पार्टीले चाहेको परिणाम निकाल्न नसक्ने भन्दै पूर्वाग्रहविहीन खुल्ला बहसले पार्टीलाई थप बलियो बनाउने बताएका छन् ।

उनले भने, ‘हामीले बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सिमामा राख्न सकेनौ भने चाहेको परिणाम दिन सक्दैँन् । सबै अधिवेशनपछिका गतिविधिहरुलाई यो सम्मेलन मार्फत निर्मम तरिकाले समिक्षा गर्ने, खुला ह्दयले सबै कुराहरु राख्ने, कपटविनाको विरोध, कपटविनाको सुझाव र कमजोरीको टिप्पणीले कुनै पनि सम्बन्धित व्यक्तिलाई क्षति पुग्दैन्, त्यसले सुधार गर्नको लागि मद्दत गर्छ ।’
उनले कुनै मन्त्री, नेता र पार्टीभित्रका व्यक्तिहरुलाई आदर्श र सिद्धान्तको कुरा गर्दै गर्दा आफू उक्त बाटोमा नहिन्ने हो भने पार्टीमा मनमुटाब बढ्ने बताए ।

उनले भने, ‘आदर्श, सिद्धान्तको कुरा भन्ने तर मैले आफैले भनेको कुरा आफैले लागू नगर्ने हो भने म जतिको नक्कली मान्छे को हुन्छ । त्यसैले मैल यहाँ बसेर जे भन्छु त्यो साथिहरुलाई केही भन्छु भने आफू पनि त्यो अनुसार हिन्न तयार भएपछि मात्रै केही कुरा सुनाउँन नैतिकता रहन्छ । त्यो भयो भने मनमुटाबको कुरा नै आउँदैन् ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com