२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

यस्तो रह्यो बुधबारको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसामा, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा र युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९८ पैसा र विक्रीमा १० रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com