२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

नेपालको आर्थिक विकासमा एग्रो बिजनेशको ठूलो सम्भावना छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा.महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरुसँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’

दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठूलो संख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किदैछ । सिप, ज्ञान र पूँजीको हिसाबले नेपाली डायसफोराले आफ्नो अस्तित्व बनाउँदैछ ।’

अर्थमन्त्री डा.महतले भने ‘बेलायतमा नेपाली मूलका ब्रिटिस नागरिकता भएका अथवा नभएका ठूलो संख्यामा हुनुहुन्छ तपाईंहरुको पनि लगानी नेपालमा होस् । विश्वभरि छरिएर रहेका नेपालीहरुले हाइड्रो, होटललगायत अन्य क्षेत्रमा नेपालमा लगानी भइरहेको छ ।’ मध्यपूर्वका नेपालीहरुले सिकेको सिप र ल्याएको पूँजी नेपालमा उपयोग गरिरहेका छन् । उनीहरुको विशेष रुचि एग्रो विजनेशमा देखिन्छ ।

नेपालको आर्थिक विकासमा एग्रो बिजनेशको ठूलो सम्भावना रहेको मन्त्री डा.महतले बताए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पत्रकार, बेलायती सांसद लगायत बेलायतस्थित गैरआवासीय नेपालीहरुको उपस्थिति थियो । मन्त्री डा. महतले मंगलवार लण्डनमा आयोजना हुने एक नेपालमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधवार नेपाल फर्किने तयारीमा छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com