नेपाल दूरसञ्चार प्राधिकरणले गर्यो प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले आज(शुक्रबार) एक सूचना जारि गर्दै प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीलाई दिएको लाइसेन्स खारेज गरेको छ। उक्त दुवै कम्पनीले नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले स्वतः खारेज गरेको हो।
इन्टरनेट (इमेलसहित) प्रमु डिजिटल (अनुमतिपत्र नं फिज १–१२१० र एलएनटीले (अनुमतिपत्र नं फि ज १–१२२० नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० बमोजिम स्वतः खारेज भएको सुचनामा उल्लेख छ।
साथै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गरेबापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम ३० दिनभित्र तिर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ। यसअघि माघ १६ गते प्राधिकरणले लाइसेन्स नवीकरण नगरेको भन्दै केसिएन नेट प्राली बौद्धलाई दिइएको लाइसेन्ससमेत खारेज गरेको थियो ।