२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

कांग्रेस पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, १ साउन । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

बैठक दिउसो २ बजे बस्नेछ । देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैछ ।आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com