२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

बैंक तथा वित्तीय संस्थाले सेवा शुल्क लिए ग्राहकलाई १० प्रतिशत दिनुपर्ने

कुनैपनि बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा शुल्क लिए १० प्रतिशत सेवाग्राहीलाई दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज(मंगलबार) अनुमतिबिना सेवाशुल्क लिए त्यसमा १० प्रतिशत थपेर सुवाग्रहिलाई दिनुपर्ने व्यवस्था ल्याएको हो।

राष्ट्र बैंकका अनुसार सेवाग्राहीले माग नगरेको सेवा दिएर शुल्क लिएमा बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने छ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो वेबसाइटमा गुनासो गर्न मिल्ने व्यवस्था गर्न र दर्ता गरिएको गुनासो सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइलाई जानकारी गराउन आग्रह गरेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com