२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(बिहिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४० पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा र युरोपियन युरोको भाउ खरिददर १४० रुपैयाँ ०६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा निर्धारण भएको छ।

यस्तै, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८७ पैसा र विक्रीमा १० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ २७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com