कामना सेवा विकास बैंकले लाभांश वितरण गर्ने

कामना सेवा विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ४.४१ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.२३ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।