२०८० मंसिर १८ - Mon Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १८
Mon Dec, 2023

लाभांश प्रस्ताव पारित गर्न उपकार लघुवित्तको साधारण सभा

उपकार लघुवित्तले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्न फागुन १८ गते बिहीबार साधारण सभा बोलाएको हो । माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सामुदायिक होमस्टे, बाँकेमा सभा गर्ने निर्णय गरेको छ ।

‍लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बिहीबार एक दिन बुक क्लोज गर्ने भएको छ । यसका अर्थ फागुन ३ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com