२०८० मंसिर १८ - Mon Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १८
Mon Dec, 2023

राताम्मे सेयर बजार, ५३.१६ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको तेश्रो दिन आज(मंगलबार) सेयर बजार ५३.१६ अंकले घटेको छ। यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७२ अंकले घटेर ३६०.७१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३४ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। मंगलबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ।

कारोबारको आधारमा आज २१ करोड २४ लाखभन्दा बढीको कारोबार गरी शिभम् सिमेन्ट अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा ग्लोबल आईएमई बैंकको प्रमोटर सेयर र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र बिपीडब्लु लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, श्वेत-गंगा हाइड्रो पावर र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com