२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

१४.४४ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको चौथो दिन आज(बुधबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले घटेर ३६५.२९ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचक घटेको छ।

कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सानिमा माई हाइड्रोपावर र नबिल बैंक को कारोबार भएको छ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, किसान लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com