नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
साथै, संस्थाले बोनसमा लाग्ने कर तिर्नको लागि ०.५२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। संस्थाले हाल कायम चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार ६३१.६८ रुपैयाँबराबरको नगद लाभांश छन्।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश सेयरधनीहरूले पाउँनेछन् ।