२०८० चैत्र २९ - Thu Apr, 2024 -

Biz Suchana

२०८० चैत्र २९
Thu Apr, 2024

मंगलबार १४.४१ अंकले बढ्यो नेप्से

साताको कारोबारको तेश्रो दिन आज(मंगलबार) सेयर बजार १४.४१ अंकले बढेर १९५२.६६ अंकमा पुगेको छ। आज ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार गरी साल्ट ट्रेडिंग अग्रिम स्थानमा रहेको छ भने हिमालयन डिस्टिलरी र छिमेक लघुवित्त दोश्रो स्थानमा रहेका छन्।

आजको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आज शुभम् हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सिवाईसी नेपाल लघुवित्त र नबिल इक्युती फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com