सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि खुला

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ। जेठ २३ गतेसम्म आवेदन दिन सकिने सो शेयरमा प्रतिकित्ता २३७ रुपैयाँमा विक्री खुला भएको हो।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरिएको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याइएको हो ।
लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि माग गर्न सकिनेछ ।