२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

सुपर माई हाइड्रोपावरको आइपिओ खुल्ला

सुपर माई हाइड्रोपावरले सर्वसाधारणका लागि आज (सोमबार) देखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता आईपीओ जारी गरेको हो।

जारी भएको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।

अब बाँकी रहेको ४ लाख ५० हजार कित्ता आईपीओ मध्ये ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। भने बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ। यस आईपीओमा लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन पाउने छन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाउने आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

सुपर माई हाइड्रोपावरको आइपिओ सर्वसाधारणको लागि खुल्ने

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com