२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि(शुक्रबार) बाँडफाँड हुने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले शुक्रबार बिहान ११ बजे आइपिओ बाँडफाँड हुने जनाएको हो।

लघुवित्तको उक्त आइपिओमा १५ लाख ३३ हजार आवेदकले कुल १ करोड ६७ लाख ६५ हजार बढी कित्ताको लागि आवेदन परेकोमा ८ हजार ९५ जनाले मात्र सेयर पाउँने छन् भने बाँकी १५ लाखको भने हात खाली हुनेछ। यस आइपिओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । जसमा

लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो।

बाँकी आईपीओमध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com