२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

सिद्धार्थ क्यापिटलको “सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३” बिक्री खुला

सिद्धार्थ क्यापिटलको “सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३” अन्तर्गत सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ ले प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँको कुल १२ करोड इकाइ आज (आइतबार)देखि खुला भएको छ ।

बिक्रीमा आउने उक्त इकाइमध्ये १० प्रतिशतले हुन आउने न्यूनतम १ करोड २० लाख इकाइ कोष प्रवर्द्धक सिद्धार्थ बैंक र ५ प्रतिशतले हुन आउने ६० लाख इकाइ कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यस योजनाका इकाइहरुको निष्कासन बन्द छिटोमा चैत २९ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिमको आवेदन नपरेको खण्डमा निष्कासन अवधि वैशाख १० गतेसम्म लम्बिन सक्ने योजना व्यवस्थापकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com