२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १६
Sun Apr, 2024

मंसिर २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

काठमाडौं । मंसिर २९ गतेदेखि नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । यो ऋणपत्रमा लगानी गर्न चाहनेले मंसिर २९ देखि छिटोमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । प्राथमिक सेयरमा जस्तै ऋणपत्रमा पनि सीडीएससीको अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ ।

त्यस्तै सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा वा नबिल बैंकका शाखामार्फत पनि आवेदन दिन सकिन्छ । सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा भने ढिलोमा पुस १३ गतेसम्म आवेदन अवधि लम्बिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले आह्वान पत्रमार्फत जनाएको छ ।

अंकित मूल्य १ हजार रुपैयाँ पर्ने ऋणपत्रमा कम्तीमा २५ कित्ताका लागि २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ । बैंकले ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब ८० करोड रुपैयाँको ऋणपुँजी व्यक्तिगत तवरबाट जुटाइने बैंकले जनाएको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणलाई जारी हुन लागेको हो ।

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउने बैंकले जनाएको छ । त्यसैले यो ऋणपत्रको नाम ‘९ प्रतिशत नबिल डिवेन्चर’ राखिएको छ । ६–६ महिनामा अर्थात् प्रत्येक वर्षको असार मसान्त र पुस मसान्तमा ऋणपत्रको लगानीमा ब्याज प्रदान हुनेछ । यो ऋणपत्र ७ वर्षे अवधिको भएकाले लगानीको ७ वर्ष पूरा भएपछि मात्रै साँवा रकम फिर्ता हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com