२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १४ असोज । सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० को उदघा्टन समारोहमा उनले सडक व्यवस्थापन राम्रो नहुँदा सर्वसाधारणलाई सास्ती भएको बताए ।

‘सडक सुरक्षा सडकको गुणस्तर, क्षमता, सवारी साधनहरुको गुणस्तरीयता, चालकलगायत जनसमुदायको चेतना र आचरणमा निर्भर हुने गर्दछ । त्यसैले सबैले यसबारे सोचेर सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता छ ।’

सुरक्षाका लागि बनाएका नीति नियमहरु पालना गर्नुपर्छ भन्दा ट्राफिक प्रहरीहरुलाई गाली गर्ने प्रवृत्ति र मानसिकता रहेको उनको भनाई छ ।उनले चेतना स्तरलाई विकास गर्नुपर्ने र प्रहरी व्यवस्थापन र प्रभावकारी कामका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नु पर्ने बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com