२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट मिति तय

काठमाडौं, २३ जेठ । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट मिति तय भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहीबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँट हुनेछ ।

लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्कासन गरेको थियो । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको हो । अन्तिम दिनसम्म उक्त एफपीओमा १४ लाख ४ हजार ७ जनाको आवेदन परेको थियो । यो माग भन्दा ४२.९६ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेको हुनाले एफपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । एफपीओ ३७ हजार ९४२ जनाले १०–१० कित्ताका दरले पाउनेछन्, भने बाँकी १३ लाख ६९ हजार ६५ जनाको हात खाली हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com