२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

थ्री स्टार हाइड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले थ्री स्टार हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्काशनका लागि अनुमति दिएको छ। बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले खोटांङ जिल्लाको हलेसी टुवाचुङ्ग नगरपालिकामा ६.६०० मेगावाटको क्षमताको सापसुप खोला स्मल हाइड्रोइलेक्ट्रीक आयोजना निर्माण गर्दैछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com