२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

अलपत्र तालमा कुल्चिदा करेन्ट लागेर बाग्लुङमा एकको मृत्यु

काठमाडौं । बागलुङमा करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार बिहान अलपत्र परेको तारमा कुल्चिदा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार काउलेमा ६२ वर्षीय भाजबिर नेपालीको मृत्यु भएको हो । उनका अनुसार काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा हिंड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु हुन पुगेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com