२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

सक्रिय भए संसदीय समिति, आज मात्रै पाँचवटा समितिको बैठक

काठमाडौं, १९ भदौं । संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन भए पछि काम कारबाही तीव्रताका साथ बढन सुरू गरेको छ । गत हप्ता नयाँ नेतृत्व चयन भए पछि समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन् ।

संघीय संसद सचिवालयका अनुसार आज पाँचवटा समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिसहित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

साथै, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दैछन् । बैठक सिंहदरबारस्थित संसद सचिवालय भवन सिंहदरबारमा बस्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com