आशा लघुवित्तको लाभांश घोषणा

हिजो (सोमबार) बसेको आशा लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ। बैठकले २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
साथै बोनसमा लाग्ने कर तिर्नको लागि १.०५२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। संस्थाले हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने संस्थाले जनाएको छ।