२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

हरियाली सेयर बजार, १०.६६ अंकले बढ्यो नेप्से परिसूचक

साताको कारोबारको तेश्रो दिन आज(मंगलबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ।

कारोबारको आधारमा आज ६ करोड ९६ लाखभन्दा बढीको कारोबार गरी हिमालयन दोलखा हाइड्रोपावरको अग्रिम स्थानमा रहेको छ भने शिभम् सिमेन्ट र स्वाभिमान लघुवित्त दोश्रो स्थानमा रहेका छन्।

आजको कारोबारमा अत्याधिक कमाउनेमा पिपुल्स पावर र कलिञ्चोक दर्शनका लगानीकर्ताले छन् भने अत्यधिक गुमाउनेमा युनिक नेपाल लघुवित्त र सिटिजन म्युचुअल फण्डका लगानीकर्ता रहेका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com