२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सर्वसाधारणका लागि शुभम पावरको आईपीओ

शुभम पावर लिमिटेडको आईपीओ आज (माघ १८ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। जारी गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।

अव बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ। भने, बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागिव खरिद आवेदन दिन सक्नेछन्। यस आईपीओमा लगानीकर्ताले माघ २२ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com