नेप्सेमा कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मुल्य निर्धारण भएको हो।
हिजो (बिहिबार) अन्तिम कारोबार मुल्य ३ सय रुपैयाँ ८० पैसामा कारोबार गरेको आधारमा नेप्सेले ४.४१ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य समायोजन गरी २८८ रुपैयाँ १० पैसा कायम गरेको गरेको छ । आइतबार सोही मूल्यको आधारमा शेयर कारोबार खुल्नेछ ।