२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सेयर कारोबार रोक्का गर्न नेप्सेलाई सिभिल बैंकको पत्राचार

सिभिल बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ।

एकीकृत कारोबारपछि लक्षित गरिएको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतीकिकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन सिभिलले नेप्सेलाई आग्रह गरेको हो।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो।

फागुन १२ गतेदेखि हिमालयनले सिभिल बैंकलाई प्राप्त गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुँदै छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com