५.३२ अंकले घट्यो नेप्से, १ अर्ब १४ करोडमाथिको कारोबार

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा पुगेको छ। आजको कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सविया उपसुचक घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ३४ लाख ०२ हजार २६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार गरी एनआईसी एशिया बैंक अग्रिम स्थानमा रहेको छ भने नबिल बैंक र हिमालयन डिस्टिलरी दोश्रो स्थानमा रहेका छन्। आजको कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यी दुई कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ। त्यस्तै अत्यधिक गुमाउनेमा लक्ष्मी लघुवित्त र नयाँ सारथी लघुवित्तका लगानीकर्ता रहेका छन्।