२०८१ बैशाख २२ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २२
Sat May, 2024

झिनो अंकले बढ्यो नेप्से, १ अर्ब १३ करोडमाथिको कारोबार

साताको कारोबारको तेस्रो दिन आज(मंगलबार) १.८५ अंकले सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३.०६ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ अङ्कले घटेर ३६८.३२ बिन्दुमा पुगेको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक मध्ये ५ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

एनआईसी एशिया बैंक कारोबारको आधारमा अग्रिम स्थानमा रहेको छ भने नबिल बैंक र शिभम् सिमेन्ट दोश्रो स्थानमा रहेका छन्। आजको कारोबारका आधारमा अत्याधिक अत्यधिक कमाउनेमा युनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ता छन् भने अत्यधिक गुमाउनेमा एनआईसी एशिया ब्यालेन्स फण्ड र सपोर्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ता रहेका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com