२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक सेयरधनी रजनी प्रधान र शिशिरनाथ ज्ञवालीको नाममा रहेको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ। संस्थापक सेयरधनी रजनी प्रधानको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको १४ हजार ३५३ कित्ता रहेका छन्।

संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने सो सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाडौँको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

तोकिएको अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com