यी दुई संस्थाको १ लाख ७६ हजार ६५८ कित्ता संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेड र सूर्योदय वोमी लघुवित्तको कुल १ लाख ७६ हजार ६५८ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ। एनएमबि बैंक लिमिटेडको ६९ हजार ७४६ कित्ता र सूर्योदय वोमी लघुवित्तको १ लाख ६ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्री खुला भएको हो।
दुवै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३४ दिनभित्र उल्लेखित शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ ।
एनएमबि बैंकको शेयर खरीदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालय र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जनाएका छन् ।