२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौ, ३० साउन । चालु साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ ।मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।

नेप्सेघटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८.९० प्रतिशतले बढेको छ । आज उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com