एशियन लाइफको शेयर मुल्य समायोज

एशियन लाइफले आफ्नो सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीको हिजो(बिहिबार)को अन्तिम कारोबार मुल्यको आधारमा शेयर मुल्य समायोजन गरेको थियो। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको हिजो अन्तिम कारोबार मुल्य ६१८ रुपैयाँको आधारमा मुल्य समायोजन गरी ५६९ दशमलव ५९ कायम गरेको छ । कम्पनीको ८ दशमलव ५० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो । अब यही मुल्यको आधारमा आइतबार कारोबार खुल्नेछ ।
कम्पनीले १५औं वार्षिक साधारण सभा बैशाख १८ गते गर्ने भएको छ । उक्त सभा बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा गर्ने भएको छ । कम्पनीको चैत २३ गते बसेको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८र७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८।५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।