सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। साविकको सुर्य लाइफ र ज्योति लाइफ मर्जर भएर सुर्यज्योती लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए।
कम्पनीका अनुसार साविक सुर्य लाइफ र ज्योति लाइफको वित्तीय विवरणअनुसार उक्त आर्थिक वर्षमा दुवै कम्पनीमा वितरणयोग्य मुनाफा रहेको छ। सो वितरणयोग्य मुनाफाबाट हाल सेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने बैठकले निर्णय गरेपछि लाभांश वितरण नगर्ने भएको हो।