नेप्सेले गर्यो विजय लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले लघुवित्तलाई स्पष्टीकरण पेस गर्नको लागि ३ कार्यदिनको समय दिएको छ।
विजय लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
नेप्सेले के–कति कारणले नेप्सेमा समयमै जानकारी नगराएको सम्बन्धमा कम्पनीसँग चित्तबुझ्दो स्पष्टीकरण माग गरेको छ।