२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९६ हजार ८३३ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ। संस्थापक सेयरधनीको नाममा रहेको सो सेयर बैंकले बिक्री खुला गरेको हो।

संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने सो सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ।

तोकिएको समयपछि संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com