२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

आज १२.४३ अंकले बढ्यो नेप्से

साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अङ्कले बढेर ४१५ .४२ बिन्दुमा पुगेको छ। कारोबारको आधारमा अपि पावर अग्रिम स्थानमा छ र दोस्रोमा नबिल बैंक र न्याग्दी ग्रुप पावरको कारोबार भएको छ।

आजको कारोबारमा अत्याधिक कमाउनेमा बलेफी हाइड्रोपावर र विजय लघुवित्तका लगानीकर्ता छन् भने नबिल ब्यालेन्स फण्ड र गुराँस लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com