कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट

कालिन्चोक दर्शन लिमिटेडले सर्वसाधारणलाई खुलाएको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज (बिहिबार) बाँडफाट गरेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ बिहीबार बाँडफाँट गरेको हो।
आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए । त्यसमध्ये ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्।
कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।
जसमध्ये सामुहिक लगानी कोष ५४ हजार कित्ता र कर्मचारीहरुका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो।