२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

किन रोक्का भयो यी दुई कम्पनीको सेयर कारोबार ?

आज(सोमबार) देखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ। यी दुवै कम्पनी एक आपसमा प्रक्रिया पूरा गरी एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि सेयर कारोबार रोक्का भएको हो।

यी दुई कम्पनीहरुले फागुन ११ गते वार्षिक साधारणसभाले गरि मर्जर प्रक्रियालाई पारित गरेको थियो। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००ः८० मा मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको नक्सालमा रहनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com