घोराही सिमेन्टले पायो आईपीओ बिक्री गर्न अनुमति

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीको यस आईपीओमा सर्बसाधारणले ४३५ रुपैयाँ तिर्नुपर्नेछ। यसमा कम्पनीले ३३५ रुपैयाँ प्रिमियम थप गरेको छ। यसैगरी कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गर्नेछ।
स्थानीयले भने यो आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्नेछ। स्थानीयका लागि कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप गरेको छ। यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ।