२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

भोलिदेखि मेन्छियाम हाइड्रोपावरको आईपीओ, कसले पाउँछ भर्न?

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि(बुधबार)देखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले जारी गर्ने आईपीओ मध्ये आयोजना अतिप्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २९२ कित्ता र संखुवासभा जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ।

यसैगरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरिने कुल सेयर संख्याको १० प्रतिशतबराबर हुन १ लाख ८ हजार ५१७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ।

यस्थानीयले जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा फागुन २५ गते र ढिलोमा चैत ९ गते बैंकिङ समयपछि बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेकाले भने फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन्।

स्थानीयाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com