२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सेयर बजारमा भारी गिरावट : ५७.७४ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजारमा भारी गिरावट भएको छ। आज नेप्से परिसूचक ५७.७४अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९५ अङ्कले घटेर ३८४.४० बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५२ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, ८ करोड ७० लाखभन्दा बढीको कारोबार भई छिमेक लघुवित्त अग्रिम स्थानमा रहेको छ भए दोस्रोमा एनआईसी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा अत्याधिक कमाउनेमा नेपाल हाइड्रो डेभलपर र समलिंग पावरका लगानीकर्ता छन् भने अत्यधिक गुमाउनेमा छिमेक लघुवित्त र डिप्रोक्स लघुवित्तका लगानीकर्ता रहेका छन।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com