२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

आज ७६.६४ अंकले बढ्यो नेप्से परिसूचक

आज साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार हरियाली भएको छ। आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १२.८५ अङ्कले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ।

यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, १२ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। दोस्रोमा न्याग्दी ग्रुप पावर र अपि पावरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमा हरियाली छाएको छ। आजको कारोबारमा बरुण हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आइसीआफसी फाइनान्स ऋणपत्र र एभरेष्ट बैंक ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com