२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ खुल्दै, कसले पाउछ भर्न?

घोराही सिमेन्ट इन्डस्ट्रीले वैशाख १९ गतेदेखि आईपीओ खुलाउने भएको छ। कम्पनीले प्रिमियममा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ३ लाख ९७ हजार १९० कित्ता आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गर्नेछ भने सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने ७ लाख ५४ हजार ६६१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ। कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँ प्रिमियरबापत ३०० रुपैयाँ थप गरी प्रतिकित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेकालाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियरबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ।

यस आईपीओ स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता आवेदन दिन पाउने छन्। अधिकतम स्थानीयले १ लाख कित्ता र ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन पाउनेछन्।

स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा स्थानीय जेठ १७ गतेसम्म आवेदन दिन पाउने छन्।

स्थानीयले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इन्डस्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com