१०.८७ अंकले घट्यो नेप्से, ८९ करोड ९५ लाखमाथिको कारोबार

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३६९.४८ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ।
कारोबारको आधारमा ५ करोडभन्दा बढीको कारोबार गरी शिवम् सिमेन्ट अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा हिमालयन डिस्टिलरी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन्।
बिहीबारको कारोबारमा सुपरमाई हाइड्रोपावर र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन भने आदर्श लघुवित्त र जल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।