नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको७ वर्ष अवधिको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ।
यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख ८९ हजार ८१३ कित्ता नेप्से सूचीकृत भएको छ।
यो ऋणपत्र एनआईबीएल एस क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछन्।