एनएमबि बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनएमबि बैंकलाई ४० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति प्रदान गरेको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न पाउने भएको छ।
बैंकले १० वर्षे अवधिको ‘एनएमबि डिबेन्चर २०८९/९०’ नामक ऋणपत्र जारी गर्ने भएको छ। यसमा वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।
यस ऋणपत्रमा बैंकले २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्। यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ।